कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ११ फागुन : कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ ।

दिउँसोपछि तराईका धेरैजसो ठाउँमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा रातिको समयमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा तापक्रम कम हुने भएकोले आवश्यक सतर्कता अपनाउन तथा तराई क्षेत्रमा बिहानको हुस्सु र रातिको तुँवालोका कारण गाडी चलाउँदा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी