सङ्क्रमणकालीन न्याय र निष्पक्ष चुनाव नेपालको प्राथमिकता : प्रधानमन्त्री कार्की

काठमाडौं, १२ फागुन : प्रधानमन्त्री सुशीला कार्कीले सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढङ्गले टुङ्ग्याउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित हुनेहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल सङ्कटहरूकाबीच मानव अधिकारको विश्वव्यापीकरणलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकारले सबै शक्ति परिचालन गरेको समेत जानकारी गराउनुभएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस