शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, १३ फागुन : शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.३० अङ्कले बढेर २६४८.९० विन्दुमा पुगेको छ । आज फाइनान्स, म्यूचअल फण्ड र व्यापार बाहेक सबै समूहको शेयर बढ्दा जीवन विमा समूहमा साढे एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ ।

आज साल्पा विकास बैंक र रिलायन्स स्पीनिङ मिलको शेयरमा सकरात्मक सर्किट लागेको छ । यस्तै समग्रमा बजार बढेको दिन आज हिमालयन पावर कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । बजारसँगै आज कारोवार रकम पनि सामान्य बढेको छ ।

हिजो चार अर्ब २३ करोड २४ लाखरुपैयाँको कारोबार भएकोमा आज ३ सय ३३ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा