नेपाल र हङकङबीच मैत्रीपूर्ण फुटबल चैत्र १२ गते

काठमाडौं, १३ फागुन : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना हङकङ राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सामाजिक सञ्जालमार्फत दुई टिमबीच चैत्र १२ गते खेल हुने जानकारी गराएको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको भन्दै दशरथ रंगशालामा पुरुषतर्फको औपचारिक अन्तर्राष्ट्रिय खेल नभएको वर्षौँ भइसकेको छ । घरेलु मैदानमा हुने यस खेलले नेपाली टोलीको अन्तर्राष्ट्रिय तयारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस