देशका हिमाली केही क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं, १६ फागुन : आज देशका हिमाली थोरै क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा सामान्य बादल लागेको छ ।

तराइका केही ठाउँमा हुस्सु छ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका थोरै ठाउँ तथा बाँकी प्रदेशका हिमाली भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी