१८ वर्षपछि विप्लवले गरे मतदान

काठमाडौं, २१ फागुन : नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरेका छन्। रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित बालशिक्षा मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। सो केन्द्रमा उनी पहिलो मतदाताका रूपमा मतदान गरेका थिए।

१० वर्षे सशस्त्र युद्धपछि २०६४ सालको निर्वाचनमा मतदान गरेका विप्लवले त्यसपछि भएका तीन वटा निर्वाचनमा भाग लिएका थिएनन्। तर जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा भएको यस पटकको निर्वाचनमा विप्लव नेतृत्वको माओवादीले पनि सहभागिता जनाएको छ ।

संबन्धित शिर्षकहरु

यमनमा हुथी विद्रोहीकाे आक्रमणमा परी ५ सय सरकारी सैनिकको ज्यान गयाे, १५ सय घाइते

इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा ६ जनाको निधन, १३० बेपत्ता

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतकाे अफगानिस्तानमाथि सहज जित