इजरायली आक्रमण: लेबनानमा जीवन गुमाउनेको संख्या साढे ५ सय नाघ्याे, १४ सय बढी घाइते

काठमाडौं, २८ फागुन : इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा मृत्यु हुनेकाे संख्या ५ सय ७० जना पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को प्रकोप जोखिम व्यवस्थापन इकाईले सार्वजनिक गरेको तथ्यांक अनुसार यहि मार्च २ तारिखदेखि शुरु भएको आक्रमणमा परी हालसम्म १ हजार ४ सय ४४ जना घाइते भएका हुन् । यस द्वन्द्वले देशभरी ठूलो स्तरमा विस्थापन निम्त्याएको छ ।

सरकारी तथ्यांक अनुसार हालसम्म करिब ७ लाख ५९ हजार ३ सय जना विस्थापितका रूपमा दर्ता भएका छन् । अधिकारीहरूका अनुसार युद्धका कारण घर छोड्न बाध्य भएका परिवारहरूका लागि विभिन्न क्षेत्रमा ५ सय ८० वटा आश्रयस्थलहरू स्थापना गरिएका छन्। जहाँ हाल १ लाख २२ हजार ६ सय विस्थापित मानिसहरू बसोबास गरिरहेका हुन् ।

यसैबीच लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले अहिले पनि बेरुतको दक्षिणी उपनगरीय क्षेत्रमा तीन वटा हवाई आक्रमण गरेको छ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा पनि इजरायली सेनाले आक्रमणहरू जारी रहेकाे हाे । इजरायली सेनाले हेजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान शुरु गरेको जनाएको छ ।

यस अन्तर्गत लेबनानका विभिन्न भू–भागमा तीव्र हवाई आक्रमण र सीमा क्षेत्रमा स्थलगत सैन्य कारबाहीहरू भइरहेका छन् । इजरायलले लिटानी नदीको दक्षिणी क्षेत्र र बेरुतको दक्षिणी उपनगरीय क्षेत्रका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी समेत दिएको एजेन्सीले जनाएकाे हाे।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा