दिउँसोपछि केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ९ चैत्र : अहिले गण्डकी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा मौसम आंशिक बदली भएको छ । काठमाण्डौ उपत्यकासहित अरू ठाउँको मौसम सफा छ । तर दिउँसोपछि केही ठाउँमा बदली भएर हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही ठाउँमा तथा बाँकी पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । यस्तै राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी हिमाली तथा पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अस्ति शुक्रवार र शनिवारको जस्तो ठूलो वर्षा नभए पनि प्रि–मनसुनको याम भएकाले दिउँसो र बेलुकीपख हल्का वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाको भनाइ छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा