कोलम्बियामा सैनिक विमान दुर्घटना : ९० जनाको ज्यान गयो

काठमाडौं, १० चैत्र : कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा सैनिक विमान दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ११० जना सवार रहेको विमान अवतरणका क्रममा दुर्घटना भएको कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा केही संख्यामा यात्रु घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ । विमान दुर्घटनाको कारण खुलिसकेको छैन, थप अनुसन्धान थालिएको छ । थप विवरणहरु आउन बाँकी छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा