आज कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाडौं, १० चैत्र : आज कोशी, गण्डकी र कर्णालीको थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोपछि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च क्षेत्रमा हिमपातको सम्भावना छ ।

अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी, मधेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । काठमाण्डौमा आज बिहानैदेखि घाम लागेको छ ।

दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि मेघगर्जन र चट्याङसहित छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्नेछ । -रासस

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा