बखान उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार

चितवन, १२ चैत : नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीको ऐतिहासिक कृति बखानलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।
साहित्य संगम चितवनले हरेक वर्ष वितरण गर्ने यो पुरस्कार यो वर्ष बखान उपन्यासकालागि पत्रकार बसन्त पराजुलीलाई प्रदान गर्न लागिएको हो ।
साहित्य संगमका अध्यक्ष शशिकिरण रेग्मीले आगामी शनिवार एक कार्यक्रमका विच सो पुरस्कार वितरण गरिने जानकारी दिनुभयो । पुरस्कारको राषी २० हजार रुपियाँ नगद, दोसल्ला र सम्मान पत्र रहेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीलाई आधार बनाएर चितवनको तत्कालिन आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक विषय वस्तुलाई उपन्यासमा शसक्त रुपमा उठान गरिएको छ । अध्यक्ष रेग्मीले चितवन सहिदहरुको रगतले सिंचित भएको र उनिहरुकै पृष्ठभूमिमा रहेर बखान उपन्यास लेखिएकाले यो वर्षको पुरस्कार छनौटमा परेको जानकारी दिनुभयो ।
२०६४ सालमा स्थापना भएको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार यस अघि १२ जना स्रष्टा सम्मानित हुनुभएको छ ।
पराजुलीका यस अघि कुमाता, मोम्चो र अग्रेजीमा ड्रिमी आइज कथासंग्रह प्रकासनमा छन् । झण्डै दुई दशक समयदेखि पत्रकारितामा कृयाशिल पराजुली अहिले चितवनलाई आधार बनएर पत्रकारिता गर्नुहुन्छ ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय