इरानको ऊर्जा संरचनामाथिको आक्रमण थप १० दिनका लागि रोक्ने ट्रम्पको निर्णय

President Donald Trump

काठमाडौं, १३ चैत्र : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि गर्दै आएको सैन्य आक्रमण थप १० दिनका लागि रोक्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानी सरकारको अनुरोध बमोजिम १० दिनका लागि आक्रमणमा रोक लगाएको उल्लेख गर्नुभए को छ । पछिल्लो निर्णयसँगै अमेरिका-इरानबीचको वार्ता चलिरहेको र निकै राम्रो प्रगतिमा रहेको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसले इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे आक्रमण जारी राख्ने चेतावनी दिएको छ । ट्रम्पले हालै भएको मन्त्रिपरिषद् बैठकमा इरानलाई युद्ध अन्त्य गर्नका लागि सम्झौता गर्न दबाब दिनुभएको छ । इरान वार्तामा नआए अमेरिकाले लगातार आक्रमण गर्ने चेतावनी समेत ट्रम्मले दिनुभएको बीबीसीले जनाएको छ । तर इरानी अधिकारीहरूले भने अमेरिकासँग कुनै वार्ता नभएको प्रतिक्रिया दिएका छन् ।

यसअघि, इरानले अमेरिकाले प्रस्ताव गरेको शान्ति योजना अस्वीकार गरिसकेको छ । यो प्रस्तावमा अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रम त्याग्न र ब्यालेस्टिक मिसाइलहरू सीमित गर्न भनेको थियो । अमेरिकाले इरानलाई पेस गरेको १५ बुँदे शान्ति प्रस्तावको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा