केही मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौं, १३ चैत्र : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ । नेताहरुका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल, ऊर्जामा विराजभक्त श्रेष्ठ र गृहमा सुधन गुरूङको नाम टुंगो लागेको छ ।

यस्तै सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, उद्योग मन्त्रीमा अमरेश सिंह, कानुन मन्त्रीमा सोबिता गौतम, स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल, महिला बालबालिका सीता वादी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नाम टुंगिएको हो ।

यस्तै विक्रम तिमिल्सिनालाई सञ्चार तथा सूचना प्रविधि र दीपक साहलाई श्रम मन्त्रीमा नियुक्त गर्ने तयारी छ । अरु नामको विषयमा छलफल भैरहेको नेताहरुले बताएका छन् । अन्तिम अपडेट: चैत १३, २०८२

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा