पुर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं, १४ चैत : नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री  केपी शर्मा ओली पक्राउ परेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।

ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेलगत्तै दोषी ठहर गरेलगत्तै ओलीलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको हो ।

गुन्डुमा रहेकी एमाले नेतृ रामकुमारी झाँक्रीका अनुसार राति २ बजेतिर नै प्रहरी पुगेको थियो । उनका अनुसार मन्त्रिपरिषद्को निर्णय र अत्यन्त पक्राउ पुर्जी बोकेर प्रहरी पुगेको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा