प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष भलिबल लिग वैशाखमा हुने

काठमाडौं, १५ चैत : नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाखको दोश्रो हप्ता हुने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गर्दै वैशाख १० गतेदेखि १९ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी जम्मा १४ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, लुम्बिनीको खिल्जी युवा क्लब, पश्चिम रुकुम, कोशी प्रदेश र बुढानिलकण्ठ क्लब सहभागी हुनेछन् । महिलातर्फ न्यू डायमण्ड, नेपाल प्रहरी, एपीएफ, सुदूरपश्चिम, एभरेष्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने भएका हुन्। प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको छ ।

विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउने प्राप्त गर्ने भएका हुन् । साेही भलिबल खेलकै इतिहासमा अहिलेसम्मकै सबै भन्दा ठूलो नगद पुरस्कार हो । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथै, प्रत्येक टोलीले बढीमा ३ जना विदेशी खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरेको नेपाल भलिबलले जनाएको हाे।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा