आजभन्दा भोलि अलि धेरै पानी पर्ने सम्भावना

काठमाडौं, १६ चैत : अहिले कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै काठमाण्डौको सुन्दरीजलमा १३ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायूका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

आज देशका पहाडी क्षेत्रका थोरै ठाउमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । त्यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आज पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै ठाउँहरु तथा मधेश प्रदेशसहित कोशी प्रदेशको तराई भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ । आजभन्दा भोलि तुलनात्मकरुपमा अलि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी