काठमाडौं, १६ चैत : आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज भाउ घटेर सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन हिजो आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको थियो । हिजो सुन तोलाको २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।
चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७२० रुपैयाँ रहेको थियो ।





