आज मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा पदभार ग्रहणपश्चात् बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाडौं, १६ चैत : आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

शाहले शुक्रबार पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नवयुवा आन्दोलनमा भएका घटना सम्बधी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने तथा शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो । ती कार्यसूचीको विवरण अस्ति शनिवार सार्वजनिक गरिएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा