सभामुखको चुनाव आउँदाे आइतवार, यस्तो छ प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची

काठमाडौं, १८ चैत : प्रतिनिधिसभाको सभामुख चयनका लागि आउँदाे आइतवार चैत २२ गते चुनाव हुने भएको छ । सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते चुनाव गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदनको पहिलो बैठकको कार्यसूची र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको पनि बताउनुभयाे । उहाँकाअनुसार भाेलि हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखको चुनावसम्बन्धी प्रस्ताव पेश हुनेछ । बैठकले नयाँ नियमावली नबन्दासम्म अहिलेकै संसद् नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको रास्वपाका महामन्त्री बुर्लाकाेटीले बताउनुभयो ।

यस्तै पहिलो बैठकमा बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया शुरू गरिनुका साथै शीर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको उहाँकाे भनाइ छ । सभाको पहिलो बैठकमा गएकाे भदौ अन्तिम हप्ता भएकाे नवयुवा आन्दोलनका शहीदहरूप्रति श्रज्ञाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा