बागमतीसहित देशका-६ प्रदेशमा आज भारी वर्षा र हिमपात हुँदै

काठमाडौं, २२ चैत : हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान देशैभरी साधारणतया बादल लागेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षारहिमपात भई रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। त्यस्तै, आइतबार दिउँसो भने देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ।

साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग र असिना-हावाहुरीसहित मध्यम वर्षा-हिमपात हुने भएको छ । लुम्बिनी , सुदूरपश्चिम प्रदेश र बाँकी तराई भू-भागका केही मेघगर्जन-चट्याङ्गरसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको हो। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएकोे छ। त्यस्तै, राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल र पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएको हो ।

तराईका भू-भागमा मौसम मुख्यतया सफा रहने भएको छ। कोशी, गण्डकी, कर्णाली, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको हो। मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी