आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २५ चैत : सुनकाे भाउ आज पनि बढेकाे छ । सुनकाे भाउ आज एकैदिन ७ हजार २०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हिजो ४०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ९१ हजार ८०० रुपैयाँमा पुगेकाे थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ २०५ रुपैयाँले बढेर ताेलाकाे ५ हजार २५ रुपैयाँ कायम भएकाे छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा