प्रधानमन्त्री शाहले एक दर्जन बढी देशका राजदूतसँग सामूहिक संवाद गर्दै

काठमाडौं, २५ चैत : प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार काठमाडौंमा भारत र चीनसहित एक दर्जन बढी देशका राजदूतहरूसँग बुधबार सामूहिक रुपमा भेटवार्ता गर्नुहुने भएकाे छ । प्रधानमन्त्री शाहले राजदूतहरूसँग बुधबार सामूहिक भेटवार्ता गर्न लागेकाे उहाँका राजनीतिक सल्लाहकार असिम शाहले जानकारी दिनुभएको हो । भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुने जनाइएको छ ।

सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय गर्ने विश्वास गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ । राजनीतिक सल्लाहकार शाहले कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने तयारी रहेकाे बताउनुभयाे ।

उक्त कार्यक्रममा परराष्ट्रमन्त्री खनाल, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रोटोकल प्रमुख कुमार राई र सार्वजनिक कूटनीति महाशाखा प्रमुख एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री लगायत उच्च अधिकारीहरूको उपस्थिति रहनेछ । नयाँ सरकार गठन भएपछि मित्रराष्ट्रहरुलाई विश्वस्त गराउन तथा पररराष्ट्र नीतिकाे बारेमा जानकारी गराउन राजदूतहरुसँग भेट गर्ने प्रचलन रहँदै आएको छ । नयाँ सरकारका प्राथमिकता, राष्ट्रिय आवश्यकता र दुईपक्षीय एवं बहुपक्षीय सहकार्यकाे बारेमा पनि प्रधानमन्त्री शाहले जानकारी गराउनुहुने भएकाे राजनीतिक सल्लाहकार शाहले बताउनुभयाे।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा