प्रधानमन्त्री शाहद्वारा विदेशी राजदूतहरूसँग छलफल

प्रधानमन्त्री वालेन्द्र शाह शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका क्रममा । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाडौं, २५ चैत : प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग छलफल गर्नुभएको छ । शाहले आफ्नाे नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्नुभएको हो ।

दिउँसो सिंहदरबारमा भएको छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनुहुन्थ्यो । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

छलफलमा सहभागी राजदूतहरूले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका छन् । प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा