देशका सबैजसो ठाउँमा बदली, मध्य नेपालमा पानी पर्दै

काठमाडौं, २५ चैत : देशका सबैजसो ठाउँमा बदली भएर विभिन्न ठाउँमा पानी परिरहेको छ । अहिले बागमतीदेखि सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । कोशी र मधेशका पनि केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज केही ठाउँमा अत्यधिक वर्षा र धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली भू–भागका एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना छ ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा, कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भू–भागका केही ठाउँमा तथा मधेश, कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि पानी परेको छ । आज राति पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

राति वर्षा पूर्वतर्फ सर्दै जानेछ । भोलि बिहानदेखि पानी पर्ने क्रम केही कम भएर बेलुकापछि मौसम खुल्न थाल्ने मौसमविद्काे अनुमान छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी