सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन भोलिदेखि अन्त्य हुने

काठमाडौं, २६ चैत : सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति कार्यालयकाअनुसार भोलि राति १२ बजेदेखि दुवै सदनको अधिवेशन अन्त्य हुनेछ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । चुनावपछिको सङ्घीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा