प्रधानमन्त्री शाहकाे सम्पत्ति : १ करोड ४६ लाख

प्रधानमन्त्री वालेन्द्र शाह शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका क्रममा । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाडौं, २९ चैत : प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालबाट एक करोडभन्दा बढी आर्जन गरेको विवरण पेस गरेका छन् । मन्त्रिपरिषद्मा पेस सम्पत्ति विवरण अनुसार उनले फेसबुक, युट्युब, टीकटक, स्पोटिफाइ र आईट्युन्सबाट उक्त आर्जन गरेको उल्लेख गरेका छन् ।

उनले श्रीमतीसँग १९० तोला बराबर सुन चाँदी रहेको विवरण उपलब्ध गराएका छन् । यस्तै महोत्तरीमा पैतृक सम्पत्तिअन्तर्गत नौ बिघा जग्गा रहेको विवरण छ । यस्तै काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख गरिएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा