रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै

काठमाडौं, ८ बैशाख : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । आज बेलुका ललितपुरको पुल्चोकमा रहेको ३२ हात लामो रथलाई तानेर गाःबहालमा पुर्‍याइन्छ । रथ तान्नुअगाडि गुरुज्यूको पल्टनले सलामी दिनुका साथै विभिन्न टोलमा रहेका बाजागाजा समूहले रथको अघिपछि बसेर पुल्चोकदेखि गाःबहालसम्म पुर्‍याउने परम्परा छ ।

रथलाई विभिन्न ठाउँमा पुर्‍याएपछि पूजा गर्नुका साथै स्थानीय बासिन्दाले जात्रा भोज खुवाउने चलन छ । साइतअनुसार रथ तान्न शुरु गरी विभिन्न रुटमा गाःबहालबाट फेरि मंगलबजार, सुनधारा, चक्रवहिल हुँदै लगनखेलको थटीटोलमा पुर्‍याइन्छ । त्यहाँ नरिवल खसाल्ने जात्रा सकिएपछि साइत निकालेर फेरि जावलाखेल लगिन्छ र जावलाखेलमा भोटो जात्रा देखाएर त्यही दिन रातो मच्छिन्द्रनाथलाई बुङमती लगेर राखिन्छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा