इजरायलले लेबनानमा गरेको हमलामा एक पत्रकारसहित ५ जनाको ज्यान गयो

काठमाडौं, १० बैशाख : युद्धविरामबीच इजरायलले लेबनानमा गरेको हमलामा एक पत्रकारसहित ५ जनाको ज्यान गएको छ । इजरायल र लेबनानको सिमाना अलतायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी ४३ वर्षिया पत्रकार अमल खालिल मारिएको अलजजिराले जनाएको छ ।

खालिलसँगै रिपोर्टिङमा रहेका फोटो पत्रकार जैनब फराज घाइते हुनुभएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार घटनाक्रमको रिपोर्टिङ गरिरहेको बेला उनीहरू रहेको गाडीको अगाडि रहेको अर्को गाडीमा हमला भएको थियो ।

त्यसपछि उनीहरू गाडीबाट झरेर नजिकैको घरमा आश्रय लिन पुगेका थिए । तर अर्को हमला त्यही घरमै भएपछि खालिल मारिएको खबरमा उल्लेख छ । करिब सात घण्टापछि मात्रै खालिलको शव भग्नावशेषबाट निकालिएको समाचारमा उल्लेख छ ।

यसैबिच, लेबनानका प्रधानमन्त्री नवाफ सलामले पत्रकारमाथि आक्रमण र उद्धार कार्यमा अवरोध पुर्‍याउनु युद्ध अपराध भएको भन्दै यस घटनाबारे अन्तर्राष्ट्रिय निकायमा जानकारी गराउने बताउनुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा