टी–२० विश्वकपको एक वर्षपछि खेलाडीहरूलाई पुरस्कार रकम दिन ओमान क्रिकेट सहमत

काठमाडौं, ११ बैशाख : ओमान क्रिकेटले अन्ततः गएको वर्षको टी–२० विश्वकपमा सहभागी भएका खेलाडीहरूको बक्यौता तिर्न सहमति जनाएको छ । ओमानले आफ्नो पुरुष टी–२० विश्वकप टोलीका सदस्यहरूलाई प्रतियोगिताबाट पाउनुपर्ने पुरस्कार रकम तिर्न सहमति जनाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

ओमान क्रिकेटले बक्यौता तिर्नमा भएको लामो ढिलाइ प्रक्रियात्मक भएको दाबी गरेको छ । ओमान क्रिकेटले विज्ञप्ति निकालेर आउँदो जुलाईसम्ममा टोली र सहयोगी कर्मचारीहरूलाई २ लाख २५ हजार अमेरिकी डलर रकम वितरण गरिने बताएको खबरमा उल्लेख छ । सन् २०२४ मा अमेरिका र क्यारेबियनमा आयोजना भएको टी–२० विश्वकपको एक वर्षपछि पनि ओमानका खेलाडीहरूले भुक्तानी नपाएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने प्रतियोगितामा सहभागी बोर्डहरूले आईसीसीबाट पुरस्कार रकम प्राप्त गरेको २१ दिनभित्र खेलाडीहरूलाई वितरण गरिसक्नुपर्ने शर्त राखिएको छ ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा