एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक

काठमाडौं, १३ बैशाख : सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित २४ जना पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिशका आधारमा अध्यागमन विभागले उनीहरूलाई विदेश भ्रमणमा रोक लगाएको हो । विभागले उनीहरूलाई कालोसूचीमा राखेको छ । यसअघि राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बमा राखेको थियो ।

राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको छ । यसअघि आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले समयअघि नै चुनाव गर्न लागेपछि राखेपले गएको चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक