आज पनि सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, १४ बैशाख : आज पनि सुनचाँदीको भाउ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकोमा आज १३ सय रुपैयाँले बढेर तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको हो ।

साथै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । हिजो ४ हजार ९ सय ९५ मा कारोबार भएको चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा