प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, २५ बैशाख : संवैधानिक परिषद्काे बैठकले बिहीबार गरेकाे नयाँ प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट पेश गर्दै चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशका लागि गरिएको सिफारिस संविधानको आधारभूत परिकल्पनाविपरीत रहेको दावी गर्नुभएकाे हाे ।

उहाँले उक्त सिफारिसले न्यायिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप हुने तथा न्यायपालिकालाई कार्यपालिका मातहत ल्याउने प्रयास भएको जिकिर गर्नुभएकाे छ । रिटमार्फत उहाँले संवैधानिक परिषद्को सिफारिस बदर गरी पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई प्रधान न्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गर्नुभएकाे हाे । वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट हाल दर्ता प्रक्रियामा रहेको बताउनुभयाे ।

प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार पहिलो वरीयताकी सपनाप्रधान मल्ललाई रोकेर चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिसको निर्णय बहुमतबाट गराउनुभएकाे थियाे।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा