अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा

President Donald Trump

काठमाडौं, २६ बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ । यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताउनुभएको छ ।

युद्धविरामको अवधिमा दुई देशबीच हजार कैदी आदानप्रदान गरिने पनि उहाँले जानकारी दिनुभएको छ । ट्रम्पले ट्रुथ सोसलमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । आफ्नो अनुरोध स्वीकार गरेकामा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गर्नुभएको छ ।

यसबीचमा अमेरिका र इरानबीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दाबी गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी