अमेरिका र इरानबीच हर्मुज जलमार्गमा फेरि तनाव

काठमाडौं, २६ बैशाख : अमेरिका र इरानबीच हर्मुज जलमार्गमा फेरि तनाव बढेको छ । दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानाहान भएसँगै तनाव बढेको हो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दाबी गर्नुभएको छ ।

इरानका उच्च सैन्य कमान्डरले अमेरिकाले युद्धविराम उल्लङ्घन गरी आक्रमण गरेको बताउनुभएको छ । आफूहरूले प्रतिरक्षाका लागि प्रतिआक्रमण गरेको उहाँको दाबी छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी आईएमओका महासचिव आर्सेनियो डोमिन्गेजले हर्मुज सङ्कटका कारण खाडी क्षेत्रमा झण्डै एक हजार ५०० जहाज फसेको जानकारी दिनुभएको छ ।

बुधबार मात्रै इरान–अमेरिकाबीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड अर्थात् (कच्चा तेल) को भाउ ११ प्रतिशतले घटेको थियो । अर्को दिन बिहीबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने