लेबनानमा इजरायलको हवाई आक्रमण : ३९ जनाको ज्यान गयो

काठमाडौं, २७ बैशाख : दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा ३९ जनाको ज्यान गएको र १५ जना घाइते भएको जनाएको छ ।

ज्यान गुमाउने र घाइते हुनेहरू बालबालिका पनि रहेका बीबीसीले जनाएको छ । इजरायली रक्षा बलले दक्षिणी शहर सक्साकियेहमा क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । आक्रमणमा नागरिक हताहतीबारे समीक्षा भइरहेको इजरायली पक्षको भनाइ छ । हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ ।

इजरायली सेनाका अनुसार आक्रमणमा तीन जना सैनिक घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको अप्रिल १६ तारिखमा युद्धविराम घोषणा गरे पनि इजरायल र हिजबुल्लाहबीचको तनाव चलिरहेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गएको मार्च २ यता इजरायली आक्रमणमा झण्डै २ हजार ८ सय जनाको ज्यान गइसकेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा