आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं, २८ बैशाख : आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । भोलि पनि यसैगरी पानी पर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले यो हप्ता बिहीबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ । आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने सम्भावना छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा