आईपीएल क्रिकेटमा हैदरावादलाई हराउँदै गुजरात शीर्षस्थानमा

काठमाडौं, ३० बैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई हराएको छ । गुजरात ८२ रनले विजयी भएको हो । हिजो बेलुका अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६१ रन बनाए । गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको हैदरावाद १४ ओभर ५ बलमा ८६ रनमा अलआउट भयो । गुजरातका जेसन होल्डर र कागिसो रबाडाले ३/३ विकेट लिए ।

आईपीएल अङ्क तालिकामा गुजरात १२ खेलमा १६ अङ्कका साथ तालिकाको शीर्षस्थानमा पुगेका छ भने हैदरावाद समान खेलमा १४ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सले खेल्दैछन् ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना