रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

काठमाडौं, ३० बैशाख : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार ७ देखि ९ गतेसम्म चितवनमा हुने भएको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

आजै रास्वपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाण्डौमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा महाधिवेशनको मिति, ठाउँ, साङ्गठनिक कार्य योजना तथा समसामयिक विषयमा छलफल भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा