ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

Kinmen island, which is part of the Republic of China, Taiwan, from above, with Xiamen, which is part of the People???s Republic of China in the background. Taiwan February 2nd, 2021 An Rong Xu/Getty

काठमाडौं, ३ जेष्ठ : ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो ।

चिन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो । तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानै अडान दोहोर्‍याएको छ ।

ताइवान–अमेरिका–चीनबीचको यो तनावले क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर हुनसक्ने विश्लेषण गरिएको छ ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा