एशियाली खेलकुद छनोट क्रिकेट : उपाधिका लागि नेपालले हङकङसँग खेल्ने

काठमाडौं, २४ जेष्ठ : नेपालले एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ । आज भएको दोश्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो ।

मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । यस्तै आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो । अब मलेसिया र ओमानले भोलि तेश्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङबीचको फाइनल खेल पनि भोलि नै हुनेछ ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो