२० अङ्कले घट्याे शेयर बजार

काठमाडौं, २५ जेष्ठ : हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव २७ अङ्कले घटेर २ हजार ७३५ दशमलव १४ विन्दुमा झरेको छ । आज फाइनान्स बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक १ दशमलव ७७ प्रतिशतले ओरालो लागेको छ ।

आज २२२ वटा कम्पनीको शेयर घटेकामा ४२ वटाका बढेका छन् । यस्तै ६ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् । आज उपकार लघुवित्तको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ५ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३५६ वटा कम्पनीका ९२ लाख ३६ हजार कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय