विपक्षीसँग प्रधानमन्त्रीलाई साेध्ने प्रश्न नै रहेनछन् : सरकारका प्रवक्ता

काठमाडौं, २६ जेष्ठ : सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अफ्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले आवश्यकताअनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभएको हो ।

यसअघि पनि प्रधानमन्त्रीले आवश्यक्ता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै प्रवक्ता पाेखरेलले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनुभयो । विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमासम्बन्धी दिएको अभिव्यक्तिको जवाफ दिनुपर्ने माग गरी संसद् अवरुद्ध गर्दै आएका छन् । प्रवक्ता पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेका आरोपको पनि बचाउ गर्नुभएको छ ।

अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ । प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेकोबारे मन्त्रिपरिषदमा कुरा नउठेको जानकारी दिनुभयो । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसद्लाई कुनै जानकारी नै नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ । विपक्षीहरूले स्वार्थ समूहको मिलेमताेमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन् ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो