हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

चितवन, ६ असार : भरतपुर महानगरपालिका वडा नं १३ चम्पानगरमा अवस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले राष्ट्रिय परिक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परिक्षाफलमा ९३.९३ % विद्यार्थीलाई उतिर्ण गराउन सफल भएको छ ।

विद्यालयमा सहायक प्रधानाध्यापक मित्रलाल पौडेलका अनुसार विद्यालयको अहिले शौक्षिक सत्रमा विद्यालयको इतिहासमा पहिलो पटक सर्वोत्कृष्ट परिणाम आएको बताए ।

भरतपुर महानगरको नमुना उन्मुख विद्यालय हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयमा कर्तव्यनिष्ठ शिक्षक, विद्यालय प्रशासन एवम् विद्यालय व्यवस्थापन समिति सबैको अथक मेहनतबाट यो सफलता सम्भाव भएको विद्यालयमा प्रधानाध्यापक सुनिल सिटौलाले बताए । एस.ई.ई परिक्षामा समेत विद्यालय चितवन जिल्लामा चौथो उत्कृष्ट नजिता ल्याउने विद्यालय बनेको थियो ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा