हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको अन्तरक्रिया कार्यक्रम सम्पन्न

चितवन, १३ असार : भरतपुर महानगरपालिका वडा नं १३ चम्पानगरमा अवस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले शैक्षिक एवं आर्थिक गतिविधीका वारेमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकार समिति एवं शिक्षक कर्मचारीहरू बीच भएको अन्तरक्रियामा विद्यालयमा सहायक प्रधानाध्यापक मित्रलाल पौडेलले समग्र शैक्षिक आर्थिक गतिविधी को वारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कक्षा १० र १२ को परीक्षामा १०० प्रतिशत नतिजा ल्याउने आठ शिक्षकहरू सम्मानित गरिएको विद्यालयमा प्रधानाध्यापक सुनिल सिटौलाले बताए । विद्यालयको आगामी योजनाका वारेमा सल्लाहकार सदस्य सूर्य बहादुर न्यौपानेले मन्तव्य राखेका थिए ।

सिताराम रेग्मीले संचालन गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमला ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय