टप एण्ड टी-२० सिरिजमा आज नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीकाे सामना गर्दै

काठमाडौं, १० भाद्र :  टप एण्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपाल ‘ए’ले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। खेल डार्विनस्थित मारारा क्रिकेट मैदानमा बुधबार दिउँसो सवाँ ३ बजेदेखि शुरु हुने भएकाे हाे।

नेपालले तीन खेलबाट एक जित र दुई हारसहित दुई अंक जोडेको छ । एसीटीले भने तीनै खेल गुमाएको हाे। लगातार दोस्रो जितको लक्ष्यामा रहेको नेपालले यस अघि नर्दन टेरिटोरी स्ट्राइकसँग ८ र बंगलादेश हाइ प्रफर्मेन्स टिमसँग ९ विकेटको फराकिलो अन्तरले हार व्यहोरेको थियो। पछिल्लो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको नेपाल एसीटीविरुद्व उच्च मनोबलका साथ मैदान उत्रिने भएकाे छ ।

पहिलो जितको लक्ष्यमा रहेको एसीटीले भने यसअघि किंग्समेन एकेडेमीसँग ६, न्युजिल्यान्ड ‘ए’सँग ८ र नर्दन टेरिटोरीसँग ६ विकेटको हार व्यहोरेको थियो ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय