दोहाबाट आज १सय ५४ जना नेपाली काठमाण्डौ आइपुगे

काठमाडौं, १७ असार :
आज १० उडानमार्फत खाडी र मलेसियाबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् । कतारको दोहाबाट १५४ जना नेपाली काठमाण्डौ आइपुगिसकेका छन् भने अरु देशबाट पनि नेपाली लिएर जहाज आउँदै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

कतारबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ६ महिला र १४८ जना पुरुष आज स्वदेश आइपुगेका हुन् । जहाजले कतारमा ज्यान गुमाएका एक नेपालीको शव पनि ल्याएको छ । आज हिमालय एअरलाइन्सको अर्को चार्टर्ड उडानमार्फत पनि कतारबाट नेपालीहरु फर्कंदै छन् ।

यस्तै आज कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेतले जजिरा एअरको दुई उडानमार्फत नेपालीलाई स्वदेश पठाउँदैछ । यूएईको दुबईबाट नेपाल एअरलाइन्स र आबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउनेछन् भने दुबईबाट फ्लाई दुबईले पनि नेपाली लिएर आउँदैछ ।

मलेसियाको क्लालाम्पुरबाट मलेसियन एअरलाइन्स पनि आज नेपाल आउँदैछ । आज साउदीबाट पनि दुई उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । साउदीको रियाद र दमामबाट हिमालय र नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् ।

आजै नेपाल एअरलाइन्सका जहाज नेपाली लिन कुवेत र साउदीको जेद्दा जाँदैछन् । आज नेपाली ल्याउन र लिन जानका लागि १२ वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी