विदेशबाट आज ११ सय भन्दा बढी नेपाली आउँदै

काठमाडौँ, २८ असार :
आज बिभिन्न देशबाट ११ सय भन्दा बढी नेपाली स्वदेश फर्किँदैछन् । कोरोना भाइरसको महामारीका कारण अप्ठेरोमा परेका व्यक्तिहरु फर्किने क्रममा आज सबैभन्दा धेरै युएईबाट ३ सय भन्दा बढी स्वदेश फर्किने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

युएईको दुबईबाट नेपाल एयरलाइन्स र फ्लाई दुबईमार्फत ३ सय १५ जना नेपाली काठमाडौं आइपुग्दैछन् । त्यस्तै जापानबाट नेपाल एयरलाइन्समार्फत २ सय ६० जना नेपाली स्वदेश फर्किँदैछन् ।

बहराइनबाट नेपाल एयरलाइन्स मार्फत् १ सय ५० जना, फिलिपिन्सबाट हिमालय एयरलाइन्समार्फत १ सय २७ जना तथा मलेसियाबाट हिमालय एयरबाटै १ सय ५४ जना नेपाली स्वदेश फर्किने प्राधिकरणले जनाएको छ ।

साउदी अरबको दमामबाट हिमालय एयरलाइन्सको जहाजमार्फत १ सय १४ जना नेपाली केहीबेर अघि काठमाडौं आइपुगेका छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा