सुनको मूल्य फेरि बढ्यो

काठमाडौं, २९ असार :

नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ३ सयमा कारोबार भैरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार चाँदी प्रतितोलामा ५० रुपैँयाले बढेर ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा