अमेरिकी विदेशमन्त्री पोम्पेओ बेलायत र डेनमार्क जाने

वासिङ्टन,१ साउन :

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लाग्नुभएको छ । आगामी हप्ताको शुरुमै उहाँ त्यसतर्फ जान लाग्नुभएको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो समयमा चीन र हङ्कङ्मा विकास भइरहेको परिस्थितिको बारेमा आवश्यक छलफल गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ युरोपका ती दुई देशको भ्रमणका लागि जान लाग्नुभएको हो । उहाँले भन्नुभएको छ– आगामी हप्ता नै छोटो भ्रमणका लागि म संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणका लागि जान लागेको छु र मैले त्यहाँ चीन र हङ्कङ्का विषयमा छलफल गर्नेछु ।(रासस÷एएनआई)

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी