डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु

दी हेग, ५ साउन :

नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ । आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो ।

डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिनुभयो । हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन । डच सैनिकहरुले हेलिकप्टरको ब्लाक बक्स खोजी कार्य शुरु गरेका छन् । सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन शुरु भइसकेको जानकारी दिनुभएको छ । (रासस–एएफपी)

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी